२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

रोटरीद्वारा बुटवलमा पिउने पानी वितरण

शुक्रवार , जेठ २६, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, २६ जेठ ।
    गर्मी बढेसँगै रोटरी क्लब अफ बुटवल डाउनटाउनले बुटवलमा गुड, मिश्री र चिसो पिउने पानी वितरण गरेको छ । गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायबारे सचेतना कार्यक्रम तथा पानी वितरण कार्यक्रमको राजमार्ग चौराहामा सार्वजनिक यातायातका चालकहरुलाई मिठाई र चिसो पिउने पानी वितरण गरि उद्घाटन गरिएको थियो । 

    कार्यक्रममा क्लबका अध्यक्ष भरत रानाले गर्मीको बेलामा काम विशेषले हिंडेका नागरिकहरुलाई पिउने पानी वितरण गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए । 

    कार्यक्रममा संयोजक भानु केसीले गर्मी बढेसँगै बुटवलमा अन्य चोकहरुमासमेत कार्यक्रम गर्ने तयारीमा रहेको बताए । पिउने पानी वितरण तथा सचेतना कार्यक्रमलाई समाजसेवीहरु शम्भु भट्टराई, जबिन कक्षपति, असोक प्रधान, नारायण तिवारी, पदम केसी, सन्जय चौधरी, हरि खरेल, जय शिवशक्ति वाटर ईण्डष्ट्रिजका सुनिल जयसवालबाट सहयोग भएको उनले बताए ।