तिलोत्तमा, २६ जेठ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको एक विद्यालय एक सिर्जनशील कार्यक्रममा आकर्षण बढ्न थालेको छ । नगरका ४२ विद्यालयलाई समटने गरी पहिलो चरणमा ८ वटा विद्यालय छनौट भइ यो कार्यक्रम सञ्चालन गर्दै आएका छन । सोहीअनुसार तिलोत्तमा नगरपालिका–१३ स्थित तिनधुरेमा सञ्चालित जनता माध्यमिक विद्यालयले शुक्रबार पाठ्क्रममा आधारित विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगिता आयोजना गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाकर चापागाईको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता रहेको थियो । तिलोत्तमा–१३ स्थित तिनधुरेमा सञ्चालित जनता माध्यमिक विद्यालयले शुक्रबार एक विद्यालय एक सिर्जनशील कार्यक्रम अन्तर्गत पाठ्क्रममा आधारित विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा नगरका १२ वटा विद्यालयका विद्यार्थीहरुले आफनो प्रतिभा प्रदर्शन गरेका थिए । विद्यालयले सञ्चालन गरेको सिर्जनशील कार्यक्रम कतिको प्रभावकारी छ भन्ने कुराको यो प्रदर्शनी प्रतियोगिताले स्पष्ट पार्ने विद्यालयका प्राध्यानाध्यापक प्रचण्ड जिसीले बताए । विद्यार्थीले पढेका विषयलाई व्यवहारमा देखाउन प्रतियोगिता फलदायी हुने वडा नम्बर १३ का वडाअध्यक्ष नारायण ढकालले बताए ।
विज्ञान र प्रविधिधतर्फ विद्यार्थीलाई आकर्षित गर्ने गरी नगरपालिकाले तय गरेको कार्यक्रम भएको नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेञ्चुरीले औल्याए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले नगरपालिकाले नगरका ४२ विद्यालयलाई समेटने गरी पहिलो चरणमा ८ वटा विद्यालय छनोट गरी यो कार्यक्रम सञ्चालन गरेको बताए ।
कार्यक्रमले विद्यार्थीहरुमा नयाँनयाँ र ईनोभेटिक किसिमका कार्य गर्न उत्साहित बनाएको उनले बताए । नगरपालिकाको सहयोगमा सञ्चालित यो कार्यक्रमले विद्यार्थीहरुमा रहेको प्रतिभाको प्रस्फुटनमा टेवा पुगेको विश्वास व्यक्त गरे ।
प्रतियोगितामा दुर्गा मावि दुर्गानगर प्रथम, जनता मावि तिनधुरा द्वितीय टिकुलीगढ मावि तृतीय र दुर्गा दत्त मावि शंकरनगर सान्त्वना भएका छन । सहभागी तथा विजेताहरुलाई नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरी देवी चौधरी, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।