२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

भैरहवाका क्लिनिकहरुसंग अन्तरक्रिया

मंगलवार , पौष २८, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २८ पुस ।
    सिद्धार्थनगर नगरपालिकाको आयोजनामा निजी क्लिनिकहरुसंग अन्तरक्रिया तथा प्रथम चौमासिक समिक्षा कार्यक्रम मंगलबार भैरहवामा सम्पन्न भएको छ ।  नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुसंग स्वास्थ्यका अवस्थाका बारेमा जानकारी गर्न छलफल तथा अन्तरक्रिया गरिएको नगरपालिकाले जनाएको छ ।  

    कार्यक्रममा नगरप्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, स्वास्थ्य शाखा प्रमुख उमा थापा, स्वास्थ्य निरीक्षक विजय चौधरी, गिता न्यौपाने पोखरेल, स्वास्थ्य कार्यालय कार्यालका भेक्टोर कन्ट्रोल निरीक्षक केदारनाथ शाह, नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत यादव प्रसाद सापकोटा लगायतको विशेष उपस्थिति रहेको थियो । 

    कार्यक्रममा युनिभर्सल शिक्षण अस्पताल भैरहवाका मेडिकल रेकर्ड अफिसर शंकर प्रसाद जोशी, भीम अस्पताल भैरहवाका मेडिकल रेकर्ड चिफ यादव लगायतले आ–आफनो संस्थाको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगरभित्रका ४० वटा क्लिनिकहरुको सहभागिता रहेको थियो ।