२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

मिटरब्याज पीडितसँग गृहमन्त्रीले भने, ‘प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्’

शनिवार , जेठ २७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • महोत्तरी, २७ जेठ । 
    मन्त्री बनेर झण्डा हल्लाउने मात्रका कारण काम नभएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारीताका साथ नलाग्दा जनताको काम नभएको गृहमन्त्री श्रेष्ठको तर्क छ ।

    महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले जन्ताको समस्यामा नेता समेत इमान्दारी नभएको आरोप लगाए । कुरा गर्ने दिनको अन्त्य भएको बताउँदै जन्तालाइ जनप्रतिनिधि र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रति सजग गराए ।

    मिटरब्याज पीडितहरुको समस्यालाई सरकारले प्रमुखताका साथ लिइरहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भने : काइते कुरा गरेर कुनै पनि प्रहरीले पीडितलाई थप पीडा दिएको छ भने हामीलाइ उजुरी दिनुस् हामी कारवाही गर्न तयार छौं । मिटरब्याज पीडितको लागी जनप्रतिनिधिहरुले एजेण्डा वनाउन नसकेकोप्रति पनि गृहमन्त्री श्रेष्ठले गुनासो गरे ।
    गृहमन्त्री श्रेष्ठले मधेशमा आउँदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए । उन्ले भने – मधेशका श्रमिकहरुले जहिले पनि राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताको लागी आवाज उठाउने गर्दछन् ।