२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

अत्यधिक गर्मीका कारण भैरहवाको जनजीवन प्रभावित (तस्वीरहरु) 

आइतवार , जेठ २८, २०८०

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, २८ जेठ । 
    पछिल्लो समय गर्मी अत्यधिक बढ्न थालेपछि भैरहवासहित देशका अधिकांश स्थानको जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण दैनिक जस्तो गरिने कामकाज प्रभावित बनेको हो । विशेष गरी बाहिर चर्को काममा बसेर काम गर्नुपर्ने र कामविशेषले घरबाहिर हिँडडुल गर्नेहरु मौसम परिवर्तनको असरको चपेटामा परेका छन् ।

    दिउँसोमा चल्ने तातो हावाले स्वास्थ्यमा प्रत्यक्ष असरसमेत पारिरहेको छ । त्यस्तै अनियमित विद्युत कटौतीका कारण जनजीवन प्रभावित भएको स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगरका संयोजक नारायण प्रसाद भण्डारीले बताए । गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह गरिएको छ । 

    Summer (1).jpg

    गर्मी बढेसँगै भैरहवाका शैक्षिक संस्थाहरू बन्द भएका छन् । सिद्धार्थनगर नगरपालिकाले असार १ गतेसम्म शैक्षिक संस्था बन्द गरेको हो । गर्मी बढेसँगै स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगरलगायतले भैरहवामा निःशुल्क पानी वितरण गरिरहेको भीम भण्डारीले बताए ।

    352768655_6484832748250951_6948476345840475255_n.jpg

    जल तथा मौसम विज्ञान विभागकाअनुसार आइतबार भैरहवाको तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको विवरणमा उल्लेख गरिएको छ । 

    Summer (9).jpg
    Summer (10).jpg
    Summer (8).jpg
    Summer (7).jpg
    Summer (6).jpg
    Summer (5).jpg
    Summer (3).jpg
    Summer (2).jpg

    तस्वीर :  मोहम्मद अयुब/खबरपात्रो