२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देही फाइनलमा प्रवेश

बुधवार , पौष २९, २०७७

भैरहवा, २९ पुस ।
पाल्पालाई १५८ रनको भारी अन्तरले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनौट खेलमा रुपन्देही समूह ‘ए’ बाट फाइनलमा पुगेको छ । रुपन्देहीले बिहीबार समूह ‘बी’ को विजेता बाँकेसंग प्रतिष्पर्धा गर्नेछ ।

बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ४ विकेटको क्षतिमा २५४ रन बनायो । उसका लागि सौरभ खनालले ८४, प्रकाश केसीले (नटआउट) ७४, कृष्ण कार्की नटआउट ३३ र सन्दिप रजालीले २२ रनको योगदान गरे । बलिङमा पाल्पाका शिव शर्माले २, नरेश कुमार सार्की र सुरेश गोदारले १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले ३६.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ९६ रन मात्रै बनायो । उसका लागि रुपेश बस्याल (ए)ले ४१, रुपेश बस्याल (बी)ले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा रुपन्देहीका नितेष थापा र अनिल खरेल ३÷३ तथा धनबहादुर साहीले २ विकेट लिए । रुपन्देहीका सौरभ खनाल म्यान अफ द म्याच भई पुरस्कृत भए ।