२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

रास्वपाद्वारा रुपन्देहीबाट निर्वाचित पार्टीका क्षेत्रीय समिति सदस्यहरुलाई बधाई

बुधवार , जेठ ३१, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ३१ जेठ ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही जिल्लाबाट निर्वाचित पार्टीका क्षेत्रीय समिति सदस्यहरुको परिचयात्मक तथा बधाई कार्यक्रम गरेको छ । रास्वपा जिल्ला समन्वय समिति, रुपन्देहीले मंगलबार भैरहवामा उक्त कार्यक्रम गरेको हो । 

    कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश उपसभापति सालिकराम घिमिरे, प्रदेश इञ्चार्ज गणेश पौडेल, प्रदेश सदस्य जीत बहादुर गुप्ता (शेखर), प्रदेश सदस्य प्रेम खत्री, प्रदेश सदस्य बुद्धि प्रसाद शर्मा, र्याट विभाग प्रदेश उप–संयोजक शंकर भण्डारी प्रदेश सदस्य तथा रुपन्देही जिल्ला संयोजक प्रकाश ज्ञवालीलगायतले बोल्दै पार्टीलाई अझ बलियो बनाउन लाग्नुपर्ने बताए ।

    रास्वपा लुम्बिनी प्रदेश सदस्य तथा प्रदेश प्रसारप्रचार विभाग प्रमुख महेन्द्र प्रसाद चापागाईंको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण रास्वपा सिद्धार्थनगर संयोजक सुमन न्यौपानेले गरेका थिए ।

    रास्वपाले वृक्षारोपण, रक्तदान, वडा भेला, रक्तदानसहित विभिन्न कार्यक्रम गरी असार १ देखि ७ गतेसम्म पार्टीको पहिलो वार्षिकोत्सव मनाउने प्रचार प्रसार विभाग लुम्बिनी प्रदेश संयोजक महेन्द्र प्रसाद उपाध्यायले बताए ।