२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

पेशागत बीमा अभिकर्ता संघद्वारा रक्तदान

बुधवार , पौष २९, २०७७

  • 7.8K
    Shares
  • 7.8K
    Shares
  • बुटवल, २९ पुस । 
    पेशागत वीमा अभिकर्ता संघ बुटवल र नेपाल लाइफ इस्योरेन्स कम्पनी बुटवल शाखाको संयुक्त आयोजनामा बुटवलमा रक्तदान भएको छ । संघले पहिलो पटक आयोजना गरेको कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ता लगायत ३५ जनाले रक्तदान गरेका छन् । 

    रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको र भविष्यमा यसलाई निरन्तरता दिइने संघका अध्यक्ष ज्ञान प्रसाद पौड्यालले बताए । 

    रक्त सञ्चार सेवा केन्द्र बुटवलकी प्राविधिक राधा ज्ञवाली शर्माले १७ वर्ष उमेर पुगेका महिला पुरुष सबैले रक्तदान गर्न सक्ने बताउँदै रक्तदान भन्दा ठूलो धर्म अरु नभएको बताइन् । उनले जन्मदिनलाई रक्तदान गरेर मनाउने संस्कार बसाल्न सके विरामीलाई रगतको अभाव नहुने बताइन् । 

    संघका अध्यक्ष ज्ञान प्रसाद पौड्यालको अध्यक्षता, सचिव नारायणभक्त पाण्डेको सञ्चालन र सह–सचिव माधवराज पाण्डेको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक कृष्णप्रसाद लम्साल, बुटवल शाखा प्रबन्धक पुरुषोत्तम सापकोटा, संघको विमक समिति सचिव ऋषिराम भुसाल, कमला जोशी लगायतले मन्तव्य राखेका थिए ।