
बुधवार , पौष २९, २०७७
भैरहवा, २९ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले रुपन्देहीको मायादेवी गाउँपालिका–१ दुबिहवास्थित श्री जनहित आधारभूत विद्यालयमा अध्ययनरत १५५ जना विद्यार्थीहरुलाई स्वीटर तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।
लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४२ औं जन्मोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का कोषाध्यक्ष गौतम कुमार गुप्ताले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले अभिभावकले आफ्ना बालबालिकाको निगरानी गर्नुपर्ने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०÷२१ का अध्यक्ष अरुण कुमार मिश्राले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्लबका सदस्य रामअवतार यादवले विद्यालयको विकासमा आफु लागिपरेको बताए । क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij