२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

भुटानी शरणार्थी प्रकरण : आज सरकारी वकिलले जवाफी बहस गर्ने

शुक्रवार , आषाढ १, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १ असार ।

    नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

    आजबाट हुने जवाफीबस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् ।