images

सोमवार, बैशाख १७ गते २०८१

४२ कराेड मुल्य बराबरकाे काेकिन बरामद

४२ कराेड मुल्य बराबरकाे काेकिन बरामद

images
images
images
शुक्रवार, आषाढ १ २०८०
शुक्रवार, आषाढ १ २०८०
  • ४२ कराेड मुल्य बराबरकाे काेकिन बरामद

    नयाँदिल्ली, १ असार । ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ । राजस्व गुप्तचर निर्देशनालय (डिआरआई) को गुप्तचर जानकारीको आधारमा यति ठुलो मात्रामा कोकिन बरामद गरेको हो ।

    images

    सो कोकिन ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोबाट कुरियर सेवामार्फत दिल्ली पठाइएको थियो। सूचना प्राप्त भएपछि डिराआई को दिल्ली क्षेत्र एकाइले सो पार्सलको खोजतलास गरेको थियो ।

    पार्सलको खोजीका क्रममा १९२२ ग्राम कोकिन बरामद भएको दिल्ली प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ४२ करोड भएको अनुमान गरिएको छ । यसरी आएको कोकिन दुईवटा बक्समा राखिएको थियो ।

    अनुसन्धान अधिकारीहरूले ती केही पार्सल माथी  शंका गरेका थिए, जसमध्ये कोकिन रहेको पार्सल अस्वभाविक रुपमा भारी भएको अनुभव गरियो र तीनलाई खोलेर हेर्दा कोकिनको ठुला मात्रामा फेला पर्न गयो  ।

    अनुसन्धानका क्रममा ९७२ बल भित्रबाट पोलिथिनमा प्याक गरिएको कोकिनका पाउडर बरामद भएको थियो । परीक्षण गर्दा ती सेतो रंगको पाउडर पार्सल भित्र थियो ।

    सो बारेमा थप अनुसन्धान भईरहेको जनाईएको छ । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij