images

सोमवार, बैशाख १७ गते २०८१

अमेरिका बिरूद्द एकजुट भएर लडने इरान र क्युबाबिच सहमति

अमेरिका बिरूद्द एकजुट भएर लडने इरान र क्युबाबिच सहमति

images
images
images
शुक्रवार, आषाढ १ २०८०
शुक्रवार, आषाढ १ २०८०
  • अमेरिका बिरूद्द एकजुट भएर लडने इरान र क्युबाबिच सहमति

    हवाना, १ असार । अमेरिकी साम्राज्यवादी नीति बिरूद्द एकजुट हुने इरान र क्युबाबिच सहमति भएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसी र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बिच अमेरिका बिरूद्द एक जुट भएर सामना गर्न सहमति भएको हो ।

    images

    अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटबार्तामा दुवै देशका राष्ट«पतिका बिचमा सो सहमति भएको अन्तराष्टि«य सञ्चारमाध्यमले जनाएका छन् ।

    सो भेटमा दुवै नेताले अमेरिकाको आलोचना गरेका छन् । क्युबाका राष्ट्रपति क्यानेलले दुवै देशले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवादको सामना गर्ने सहमति भएको जनाएका छन ।

    वानामा आफ्ना समकक्षी इब्राहिम राईसीलाई होस्ट गर्दै राष्ट्रपति क्यानेलले भने कि ‘दुई देशहरूले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवाद र उसका सहयोगीहरूको उदासीनताको सामना गर्नु परेको छ ।’

    अमेरिकाले दुवै देशहरू माथी धेरै प्रकारका प्रतिबन्ध मात्रै लगाएको छैन, उसले दुवै देशलाई आतंकवादलाई बढावा दिएको आरोप पनि लगाउँदै आएको छ । सो भेटमा दुई नेताबीच भन्सार, दूरसञ्चार र न्यायलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । इब्राहिम रायसीले एक व्यापारिक फोरममा भाग लिएका थिए, जहाँ उनले इरानले विज्ञान र प्रविधि, हाइड्रोइलेक्ट्रिक र थर्मोइलेक्ट्रिक प्लान्टहरू र खानीमा कम्युनिष्ट देश क्युबासँग काम गर्ने बताए।

    इरानी राष्ट्रपतिले साे अघि निकारागुआ र भेनेजुएलाको पनि भ्रमण गरेका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij