images

सोमवार, बैशाख १७ गते २०८१

लियो भलवारी युथको आयोजनामा जिल्लास्तरीय फुटसल हुँदै 

लियो भलवारी युथको आयोजनामा जिल्लास्तरीय फुटसल हुँदै 

images
images
images
शुक्रवार, आषाढ १ २०८०
शुक्रवार, आषाढ १ २०८०
  • लियो भलवारी युथको आयोजनामा जिल्लास्तरीय फुटसल हुँदै 

    तिलोत्तमा, १ असार ।
    लियो क्लब अफ भलवारी युथको आयोजनामा पहिलोपटक जिल्लास्तरीय फुटसल नकआउट यही असार ७ गतेदेखि हुने भएको छ । बिहीबार क्लबले सखुवानीस्थित डेल्वा रिसोर्टमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

    images

    प्रतियोगिता तिलोत्तमाको भलवारीस्थित सनराइज फुटसल ग्राउण्डमा क्लबका अध्यक्ष युवराज भट्टराईले बताए । प्रतियोगितामा रुपन्देही जिल्लाभरीका ३२ टीमको सहभागीता रहने भट्टराईले जानकारी दिए । ३ दिनसम्म चल्ने प्रतियोगितामा २ लाख ५० हजार अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेताले ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार पाउनेछ ।

    साथै यस प्रतियोगिताबाट जिल्लास्तरको खेलाडीको प्रतिभा प्रस्फुटन गर्न सघाउ हुने र प्रतियोगिताबाट खर्च कटाई बचत भएको रकमले सृजनशील संस्था मंगलापुरमा रहेका अनाथ आश्रमका १६ जना बालबालिकालाई सहयोग गरिने समेत क्लबका सचिव आकर्षक बस्यालले बताए । प्रतियोगितामा आफूले सक्दो सहयोग गर्ने र प्रतियोगितालाई सफल बनाउने सनराइज फुटसलका सञ्चालक मणि पंगेनीले प्रतिवद्धता व्यक्त गरे ।

    त्यस्तै क्लबको तर्फबाट सबै सहयोग रहने र प्रतियोगिताको भव्य सफलताको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष अनित गुप्ताले यस्तो किसिमको खेल खेलाउनाले खेल जगत र खेलाडीको समेत सम्मान हुने बताए । 

     

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij