२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

भैरहवामा पाँचदिने न्यून दृष्टि तालिम सुरु

शनिवार , आषाढ २, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २ असार ।
    नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथ रिसर्च सेन्टर भैरहवा, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि भैरहवामा पाँचदिने न्यून दृष्टी तालिम सुरु भएको छ । नेपाल सरकारको सहयोगामा असार ५ गते सम्म सञ्चालन हुने तालिममा १३ जनाको सहभागीता रहेको प्रशिक्षक हरि बहादुर थापाले बताए ।

    न्यून दृष्टि भएका व्यक्तिहरुको दैनिक जीवनयापन विभिन्न उपकरणहरुको माध्यमबाट कसरी सहज बनाउने तथा दृष्टी विशेषज्ञ र नेत्र सहायकको क्षमता अभिवृद्धि गर्नेे विषयमा तालिम केन्द्रीत रहेको थापाले जानकारी दिए ।

    तालिमको शुभारम्भ कार्यक्रममा श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणा, अस्पतालकी निमित्त चिफ मेडिकल डाइरेक्टर सह–प्राध्यापक डा. सुशिला पटेल, नेपाल ज्योति संघ रुपन्देही शाखाका सभापति कमल राज जोशी, प्रमुख प्रशिक्षक हुकुम पोखरेलले बोल्दै नेपाल नेत्र ज्योति संघले विभिन्न तालिम सञ्चालन गर्दै आएको बताए । उनीहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सके कार्यक्रम सफल हुने बताए ।

    श्री रण अम्बिका शाह आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीको स्वागत तथा सूचना अधिकारी प्रतीक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तालिममा हुकुम पोखरेल, ज्ञान बहादुर बस्नेत र हरि बहादुर थापाले सहजीकरण गर्ने आयोजकले जनाएका छन् ।