२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

लियो डिष्ट्रिक ३२५ पी को आयोजनामा भैरहवामा डिष्ट्रिक अफिसर्स वर्कशप

शनिवार , आषाढ २, २०८०

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २ असार ।
    लियो डिष्ट्रिक काउन्सील ३२५ पी, नेपालको आयोजनामा शुक्रबारदेखि भैरहवामा दुईदिने डिष्ट्रिक अफिसर्स वर्कशप सुरु भएको छ । लियो डिष्ट्रिकमा आबद्ध सदस्यहरुलाई कर्तव्य, क्लबका गतिविधि लगायतका बारेमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् ।  कार्यक्रमको सामाजिक अभियन्ता अब्दुस मियाले उद्घाटन गरेका थिए ।

    लियो डिष्ट्रिक काउन्सील ३२५ पी, नेपाल वर्ष २०२३/२४ का अध्यक्ष सुमन अधिकारीको अध्यक्षता, उपाध्यक्ष आकाश पौडेलको स्वागत तथा सचिव ऋतु ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लियो पाष्ट डिष्ट्रिक प्रेसिडेण्ट शार्दुल मयुर कसौधन, सुरेन्द्र परियार, एम.डी. न्यौपाने, अब्दुल साजिद, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयकी क्षेत्रीय प्रमुख शान्ति सुवेदी, लायन्स अगुवा महेशचन्द थापा, विजय पाण्डेलगायतले बोलेका थिए ।

    कार्यक्रमको प्रशिक्षक शुभम कुमार अग्रवालले सहजीकरण गर्ने लियो डिष्ट्रिक काउन्सील ३२५ पी, नेपालका कोषाध्यक्ष पुजन बस्यालले बताए ।