
बुधवार , पौष २९, २०७७
तिलोत्तमा, २९ पुस ।
तिलोत्तमा क्रिकेट विकास समितिको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार सम्पन्न अधिवेशनबाट निर्वाचित दिपक शर्मा भुर्तेलको अध्यक्षता रहेको नयाँ कार्यसमितिलाई लोकनेश ढेंगामगर कार्यवाहक अध्यक्ष रहेको निवर्तमान समितिले पदस्थापन गराएको हो ।
कार्यक्रममा निर्वाचन अधिकृत बाबुराम गैरेले नयाँ कार्यसमितिलाई सपथग्रहण गराएका थिए । कार्यक्रममा निर्वाचित कार्यसमिति, मनोनित सदस्य तथा सल्लाहकारहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
निवर्तमान कार्यवाहक अध्यक्ष लोकनेश ढेंगा मगरको अध्यक्षता, तिलोत्तमा खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष दिपक शर्मा भुर्तेलले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा निवर्तमान सचिव राजेन्द्र केसीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन संञ्चारकर्मी कृष्ण भण्डारीले गरेका थिए ।
गत शनिबार सम्पन्न तिलोत्तमा क्रिकेट विकास समितिको तेस्रो अधिवेशनले दिपक शर्मा भुर्तेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको थियो । जसको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा श्रीराम नेपाली, कोषाध्यक्षमा कमल श्रेष्ठ, सह–सचिवमा मिलन भण्डारी, सह–कोषाध्यक्षमा रोशन शर्मा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा माधव पन्थ, प्रकाश घिमिरे र भुपराज अधिकारी चयन भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij