२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

तिनाउमा डुबेर युवकको मृत्यु

शनिवार , आषाढ २, २०८०

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल, २ असार ।
    तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अभिषेक रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर बेपत्ता भएका थिए ।

    परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले बताए ।