images

सोमवार, बैशाख १७ गते २०८१

नेपालले पहिलोपटक टेस्ट टोली जिम्बाबेसँग प्रतिष्पर्धा गर्दै

नेपालले पहिलोपटक टेस्ट टोली जिम्बाबेसँग प्रतिष्पर्धा गर्दै

images
images
images
आइतवार, आषाढ ३ २०८०
आइतवार, आषाढ ३ २०८०
  • नेपालले पहिलोपटक टेस्ट टोली जिम्बाबेसँग प्रतिष्पर्धा गर्दै

    काठमाडौं, ३ असार । 
    नेपालले आज पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ । हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिष्पर्धा गर्न लागेको हो ।

    images

    आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आइतबार अपरान्ह १२ः ४५ बजेवाट सुरु हुनेछ । नेपाल आफनो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ ।

    अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बाबेलाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउ राखेको छ । पहिलोपटक टेस्ट मान्यता प्राप्त टोलीसँग खेल खेल्न लागेको नेपाली टोलीलाई मनोवैज्ञानिक रुपमा कमजोर अनुभुति भए पनि नयाँ उत्साहका साथ मैदानमा उत्रने भएकाले आशा गर्ने ठाउँ रहेको क्रिकेट प्रेमिले जनाएका छन । 

    सो खेलबारे नेपाल क्रिकेट सघले भनेको छ, ’राइनोज (नेपाल) ले आफ्नो अन्तिम अभ्यास सत्र पूरा गरी आईसीसी विश्वकप छनोटका लागि तयार भएका छन् ।’

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij