२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

सांसद घिमिरेद्वारा स्थानीय उत्पादनलाई पहिलो प्राथामिकतामा राख्न आग्रह

बुधवार , पौष २९, २०७७

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • अर्घाखाँची, २९ पुस ।
    स्थानीय उत्पादनलाई अब पहिलो प्राथमिकता दिनुपर्ने अहिलेको आवश्यकता भएको बताइएको छ । पछिल्लो समय अर्घाखाँचीमा गुणस्तरहिन सामानको प्रयोग बढ्दै गएकोले यसको रोकथाममा सबै स्थानीयस्तरबाट लाग्नुपर्नेमा लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरेले जोड दिएका छन् । अर्कोतर्फ गुणस्तरहिन सामाग्रीले प्रत्यक्ष रुपमा स्वास्थ्यलाई हानी पु¥याउने भएकाले स्थानीय सरकारसँग सहकार्य गरेर विषादी प्रयोगको रोकथामा लागिपर्ने बताए ।

    घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा लघु घरेलु तथा साना उद्यमीहले उत्पादन गरेका वस्तुहरुको गुणस्तर लेवलिङ्ग सम्बन्धि एकदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सांसद घिमिरेले यस्तो बताएका हुन् । 

    अन्तरक्रिया कार्यक्रममा उद्यमीले आगामी दिनमा थप कार्यक्रम ल्याउन र वास्तविक उद्यमीलाई अनुदान दिन पनि आग्रह गरेका छन भने अपांगता भएका व्यक्तिलाई पनि समावेशीमुखी कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

    कार्यक्रममा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दाहालले  खाद्य नियम, लेबलमा खुलाउनुपर्ने विवरण, नेपाली वा अंग्रेजी भाषामा प्रष्ट उत्पादन सम्बन्धी मापदण्ड हनुपर्ने बताए ।

    कार्यकममा मालारानी गाउँपालिकाका अध्यक्ष तथा लघु, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष बालकृष्ण आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, चेम्बर अफ कर्मसका अध्यक्ष अशोक कुमार श्रेष्ठ, सृजनशिल अपांग संस्थाका अध्यक्ष फर्शुराम पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव सुनारको अध्यक्षता, कर्मचारी लक्ष्मी प्रसाद दाहालले संचालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा कार्यालय प्रमुख सुनारले प्रदेश सरकारबाट उद्यमीलाई कार्यक्रम परेकाले सोही

    कार्यक्रमलाई तत्काल संचालन गर्ने बताउँदै यसमा सम्बन्धित दर्ता भएका उद्यमीलाई समावेश हुन पनि आग्राह गरिएको छ । जसअन्तर्गत गत वर्ष प्रदेशस्तरीय कार्यक्रम शितगंगा नगरपालिकामा भएको कार्यक्रम यस वर्ष जिल्लाको सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा कार्यक्रम हुने समेत बताइएको छ ।