२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

जेसीआई भलवारीको अध्यक्षमा रामप्रसाद भण्डारी 

बुधवार , पौष २९, २०७७

भैरहवा, २९ पुस । 
जेसीआई भलवारी, नेपालको १७ औं शाखा अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०२१ को लागि रामप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जेसीआई भलवारीको कार्यकारी उपाध्यक्षमा निरज पुन, विजयी शाही, उपाध्यक्षमा लक्ष्मण खनाल, किसन डुम्रे, भुवन नेपाल, कमल पराजुली, सह–सचिवमा अञ्जली पौडेल र सह–कोषाध्यक्षमा पुकार के.सी निर्वाचित भएको निर्वाचन समिति संयोजक सुरज अर्यालले बताए । 

अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, सह–सचिव र सह–कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए भने ४ जना उपाध्यक्ष चयनका लागि मतदान भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, अतिथिहरु प्रकाश पोखरेल, गोविन्द पंगेनी, अमर पाठक, जेसी विदुर पौडेल, मुक्तिनाथ गैरे लगायतले बोल्दै जेसीजले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको बताए । पद हस्तान्तरण कार्यक्रम जनवरीको अन्तिम सातासम्म सम्पन्न गरिने चिरञ्जीवी बस्यालले जानकारी दिए ।