images

बिहिवार, बैशाख ६ गते २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

images
images
images
बिहिवार, माघ १ २०७७
बिहिवार, माघ १ २०७७
  • अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

    वाशिङ्टन, १ माघ ।  
    हालै सम्पन्न आम निर्वाचनमा पराजित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको छ । गत साता अमेरिकी संसद् भवनमा भएको हूलदङ्गालाई प्रोत्साहित गरेको अभियोगमा उहाँविरुद्ध डेमोक्रेट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् । 

    images
    images
    images

    एक हप्तामात्रै पदावधी रहेका राष्ट्रपति ट्रम्प अमेरिकाको इतिहासमै दुईपटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । यसअघि सन् २०२० मा पनि राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदनले पारित गरेको थियो । तर माथिल्लो सदन सिनेटमा दुईतिहाई बहुमत पु¥याउन नसक्दा ट्रम्प आरोप मुक्त भएका थिए । संसदमा महाअभियोग सम्बन्धी प्रस्तावमा भएको मतदानमा महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको छ भने विपक्षमा १ सय ९७ मत परेको छ । अमेरिकी संबिधान अनुसार महाभियोग पारित हुन २ सय १७ मत आवश्यक हुन्छ । 

    तल्लो सदनमा डेमोक्रेटिक पार्टीका २ सय २२ जना सांसदहरु छन् । तर राष्ट्रपति ट्रम्पले प्रतिनिधित्व गर्ने दल रिपब्लिकन पार्टीका १० जना सांसदले फ्लोर क्रस गर्दै महाभियोगको पक्षमा मतदान गरेका छन् । अमेरिकामा महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पनि पारित हुनुपर्छ । त्यसका लागि दुईतिहाइ बहुमत आवश्यक हुन्छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij