२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत

बिहिवार , आषाढ ७, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ७ असार । 
    एभरेष्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत गरेको छ ।

    क रिपब्लिकको प्ल्जेनमा गत जुन ७ देखि ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ७ राष्ट्र र स्लोभाकियाको मियावा शहरमा जुन १३ देखि १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्रको समूह सहभागी थिए ।

    नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा गएको टोलीमा ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन, जोगेन्द्र केसीको नृत्य निर्देशन र रामबहादुर भुजेलको संगीत संयोजन थियो ।

    मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरब काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनौ नृत्यहरू प्रस्तुत गरिएका थिए ।

    स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरव कालीबाट र समापन नेपाली चरिया नृत्य कुमारीबाट गरिएको थियो ।