२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

आज राष्ट्रिय योग दिवस, प्रधानमन्त्री लगायतको सहभागितामा सामुहिक योगाभ्यास

बिहिवार , माघ १, २०७७

काठमाडौं, १ माघ । 
‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने मुल नाराका साथ आज मुलुकभर राष्ट्रिय योग दिवस २०७७ विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मी लगायत सहभागी भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित मूल समारोह समितिद्धारा आयोजित सो कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले प्रम लगायतलाई योगाभ्यास गराएका थिए । अर्का योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यासप्रति आकर्षण बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए । योगगुरु डा. हरिप्रसाद पोखरेलले नेपालले योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्र संघमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताए । 

दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सन्देश दिँदै कोभिड–१९ को प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् । नेपालमा वि.सं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।