images

सोमवार, बैशाख १७ गते २०८१

नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्दै नेपाल, विजयी भए सुपर सिक्समा

नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्दै नेपाल, विजयी भए सुपर सिक्समा

images
images
images
शनिवार, आषाढ ९ २०८०
शनिवार, आषाढ ९ २०८०
  • नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्दै नेपाल, विजयी भए सुपर सिक्समा

    काठमाडौं, ९ असार । 
    नेपाली क्रिकेट टीमले शनिबार (आज) नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिष्पर्धा गर्न लागेको हो । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ ।

    images

    दुईवटा खेलमा पराजित तथा एक खेलमा विजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भएपछि नेपाललाई थप दबाब परेको छ । नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिने छ । जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनुपर्ने हुन्छ ।

    यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो । 

    तर, चार चार पटक विश्वकप विजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमीठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नुपर्ने बाध्यता छ । 

     

    सुपर सिक्समा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समूह चरणको अन्तिम खेलमा दबाबमा खेल्नुपर्ने बाध्यता रहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij