images

सोमवार, बैशाख १७ गते २०८१

साफ च्याम्पियन : नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदै

साफ च्याम्पियन : नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदै

images
images
images
शनिवार, आषाढ ९ २०८०
शनिवार, आषाढ ९ २०८०
  • साफ च्याम्पियन : नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदै

    काठमाडौं, ९ असार । 
    नेपाल फुटबल टीम र भारतबीच आज प्रतिष्पर्धा हुँदैछ । आज १४ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिष्पर्धा गर्न लागेको हो । दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल राति पौने ८ बजेबाट सुरु हुनेछ ।

    images

    पहिलो खेलमा आमान्त्रित टीम कुवेतसँग पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो । पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमुनेसामुने भएका थिए । 

    सो प्रतिष्पर्धामा भारत विजेता बनेको थियो भने नेपाल उपविजेता भएको थियो, त्यसपछि दुवै टोली मैदानमा उत्रन लागेका हुन् । आजसम्म दुवै देशबीच भएका अहिलेसम्म भएका २३ प्रतिष्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटक मात्रै जीत निकालेको रेकर्ड छ । बाँकी ५ खेल बराबरीमा टुंग्गिएका दुवै देश आज पुनः मैदानमा आमुने सामुने हुन लागेका हुन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij