२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

अर्घाखाँचीमा छोराले पाइपले हान्दा आमाको मृत्यु

बिहिवार , माघ १, २०७७

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • अर्घाखाँची,  १ माघ ।
    अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ तुम्कोट नेपाली टोलका कमल बहादुर नेपालीको श्रीमती हिरादेवी नेपालीका २३ वर्षिय छोरा बिमल नेपालीको कुटपिटबाट आमा हिरादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    मासु ल्याउन गएका छोराले घरमा आमालाई खाना बनाउन भनेको तर घरमा आउँदा आमाले खाना नबनाएको भन्दै गएराति ११ बजे पाइपले हान्दा हिरादेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी राम नारायण गुप्ताले जानकारी दिए । प्रहरीले बिमललाई नियन्त्रणमा लिएको छ ।