२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

आजबाट जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता वितरण

आइतवार , आषाढ १०, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १० असार । 
    आजबाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागेको हो  ।

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हालै प्रमाणित नागरिकता विधेयकलाई सर्वोच्च अदालतले हालै सदर गरेपछि आजवाट नागरिकता वितरण हुन लागेको हो । त्यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।