images

आइतवार, बैशाख १६ गते २०८१

बुद्धकालीन रोहिणी सभ्यताको विकास र विस्तारमा जोड

बुद्धकालीन रोहिणी सभ्यताको विकास र विस्तारमा जोड

images
images
images
आइतवार, आषाढ १० २०८०
आइतवार, आषाढ १० २०८०
  • बुद्धकालीन रोहिणी सभ्यताको विकास र विस्तारमा जोड

    भैरहवा, १० असार ।

    images

    बुद्धकालीन रोहिणी सभ्यताको विकास र विस्तार आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले रोहिणी नदीको प्रचारप्रसार र विकासले रोहिणीलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने बताए ।

    लुम्बिनीखबर मिडिया क्लबको समन्वयमा रोहिणी गाउँपालिका, रुपन्देहीले आयोजना गरेको बुद्धकालीन रोहिणी सभ्यताको विकास र विस्तार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पर्यटन क्षेत्रको विकासका लागि रोहिणी गाउँपालिकासँग अपार सम्भावना रहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय)ले रोहिणी पुलको नजिक शान्ति पार्क बनाउन सके रामग्राम जाने तीर्थयात्रीलाई यहाँ जाने स्थल बन्न सक्ने बताए । उनले यसका लागि लुम्बिनी विकास कोषले पनि सहयोग गर्ने बताए । उनले भने, ‘अब रोहिणी गाउँपालिकाले लुम्बिनी विकास कोषसँग सहकार्य गरी सो क्षेत्रको विकासमा ध्यान दिन जरुरी छ ।’

    लुम्बिनी विकास कोषले रोहिणी क्षेत्रका विशेषता उल्लेख भएको प्रचार पुस्तिका प्रकाशित गरिदिने उनको भनाइ छ ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले रोहिणी गाउँपालिकाले रोहिणी नदीबारे बहस सुरु गर्नु महत्वपूर्ण कार्य रहेको बताए । उनले भने, ‘गाउँपालिकाले रोहिणी नदीको ब्राण्डिङ गर्ने अठोट लिएको छ । हाम्रो तहबाट हुने सहयोग गर्छौं । ’ भौतिक विकास मात्र नभइ साँस्कृतिक र आध्यात्मिक पक्षलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    कोषका सदस्य सचिव सानुराजा शाक्यले रोहिणी सभ्यताको विकासमा जोड दिनुपर्ने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले रोहिणी नदीको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि निजी क्षेत्रबाट पहलकलमी र सहयोग गरिने बताए । उनले रोहिणी नदीको महत्वको बारेमा उजागर गरिएको विषय सकारात्मक रहेको बताए ।

    लुम्बिनी होटल संघ, नेपालका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले रोहिणी गाउँपालिकाले राम्रो काम गरेको बताए । उनले रोहिणीमा बुद्धसँग सम्बन्धित पार्क, बिहार, गुम्बा बनाउनुपर्नेमा जोड दिए ।

    नेपाल एशोसियन अफ टुर्स एण्ड ट्राभल एजेण्टस् (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले रोहिणी गाउँपालिका धन्यवादको पात्र भएको बताइन् । उनले भनिन, ‘तपाइँहरुले गन्तव्य पहिल्याइ दिनुस् । ‘ब्राण्डिङ गर्न हामी तयार छौं ।’

    नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले विभिन्न ऐतिहासिल स्थल हुँदाहुँदै प्रचार गर्न नसकिएको बताए । उनले भने, ‘रोहिणी गाउँपालिकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । रोहिणी नदीको प्रचारप्रसारका लागि लुम्बिनी विकास कोषले अभिभावकत्व निर्वाह गर्नुपर्छ ।’

    कान्तिपुर पब्लिकेशनका लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवालले पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताए । उनले पर्यटकीय स्थलको सञ्चार क्षेत्रबाट प्रचारप्रसार गर्ने बताए ।

    लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले रोहिणी नदीको प्रचारप्रसार र संरक्षण आवश्यक रहेको बताए । उनले रोहिणीमा शान्ति पार्क, अग्लो बद्धको मूर्ति निर्माण गर्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

    लुम्बिनीखबर मिडिया क्लबका अध्यक्ष कमल रायमाझीले रोहिणी सभ्यतालाई जोगाउँदै विकास र विस्तार गर्न यस्ता कार्यक्रम उपलब्धीमूलक हुने बताए ।

    क्लबका उपाध्यक्ष पशुपति यादवले रोहिणी गाउँपालिकाको नाम रोहिणी नदीबाट भएकोले खोज, अनुसन्धान आवश्यक रहेको बताए ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी सभ्यताको प्रचार प्रसारका लागि गाउँपालिका अघि बढेको बताए बताए । ‘इतिहासको खोजका लागि पहल सुरु गरेका छौं । आगामी दिनमा बुद्धसँग सरोकार राख्ने संस्थासँग सहकार्य गरेर अगाडि बढ्न गाउँपालिका तयार छ, ’अध्यक्ष यादवले भने । रोहिणीलाई कसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने भन्नेबारे छलफल भइरहेको उनले बताए ।

    गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणी नदीलाई चिनाउन र यसको प्रचारप्रसारमा गाउँपालिका लागिसकेको बताए ।

    रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले रोहिणी नदी इतिहास बोकेको नदी भएको बताए । उनले यो नदीमा पानीको विषयमा विवाद भएको र भगवान बुद्ध आएर भैझगडा गर्नुहुँदैन भनेर विवाद समाधान गर्नुभएकोबारे पढ्न पाइएको बताए ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले लुम्बिनी विकास कोषसँग समन्वय गर्दै रोहिणी नदीको विकासमा गाउँपालिका लाग्ने बताए । उनले भने, ‘रोहिणी गाउँपालिकाले रोहिणी नदीलाई चिनाउने प्रयास गरेको छ । ’ उनले रोहिणी सम्भयताबारे स्थानीय पाठ्यक्रममा समावेश गर्ने गरी अघि बढ्ने बताए ।

    कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक आचार्य दयानिधि गौतमले रोहिणी सभ्यता, बुद्ध र पर्यटन–शुद्धता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij