images

आइतवार, बैशाख १६ गते २०८१

प्रदेश सरकार किसानसँगसँगै छ : कृषिमन्त्री अहिर 

प्रदेश सरकार किसानसँगसँगै छ : कृषिमन्त्री अहिर 

images
images
images
आइतवार, आषाढ १० २०८०
आइतवार, आषाढ १० २०८०
  • प्रदेश सरकार किसानसँगसँगै छ : कृषिमन्त्री अहिर 

    बुटवल, १० असार ।
    लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भण्डारीलाल अहिरले कृषिमा यान्त्रीकरण अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले प्रदेश सरकारले कृषिलाई नयाँ ढंगले लैजानको लागि उत्पादन वृद्धि र किसानको लागत घटाउने गरी यान्त्रीकरणको अभियान सञ्चालन गर्न थालेको बताए ।

    images

    आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मा उद्यमशील टोल विकास संस्थाले आयोजना गरेको प्रविधियुक्त प्राडरिक खेती प्रविधि प्रदर्शन कार्यक्रममा बोल्दै किसानसँगै सरकार रहेको बताए । उनले प्रदेश सरकारले ल्याएको बजेट पनि किसान लक्षित भएको भन्दै किसानलाई थप व्यवसायिक बनाउनको लागि उन्नत बिउँ, प्रविधि प्रयोग गर्नुपर्ने बताए । 

    सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश योजना आयोग पूर्व सदस्य डा. दामोदर भुसालले कृषिलाई नयाँ प्रविधि र योजना साथ अगाडि लैजानको लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए । 

    कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १० का अध्यक्ष गोपाल प्रसाद घिमिरे, वडा नम्बर १२ का अध्यक्ष सहदेव थारु, १७ का अध्यक्ष दानबहादुर चौधरी, ज्योति विकास बैक बुटवल कलस्टर प्रमुख कपिल न्यौपाने, मन श्री टे«डिङ सञ्चालन उदय कुमार सिंह, उद्यमशील टोल विकास संस्थाका सदस्य राम बहादुर पुनलगायतले बोल्दै तिलोत्तमामा कृषिको  सम्भावना धेरै रहेको बताएका थिए । 

    टोल संस्थाका अध्यक्ष धनसिंह पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा ज्योति विकास बैकले ६ लाख रुपैयाँ मूल्य बराबरको किसानलाई हात ट्याक्टर प्रदान गरिएको थियो । बैकको संस्थागत उत्तरदायित्व अन्तर्गत किसानलाई ट्याक्टर प्रदान गरिएको बैकका बुटवल कलस्टर प्रमुख कपिल न्यौपाने बताए ।

    पत्रकार केसी पुरस्कृत 

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मा  उद्यमशील  टोल  विकास संस्थाले  बुटवलका पत्रकार तेजेन्द्र के.सी.लाई पुरस्कृत गरेको छ । कृषि क्षेत्रको विकासको लागि पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै पत्रकार केसीलाई नगदसहित  सम्मान गरिएको हो । 

    356604898_278440801408756_230969616352512304_n.jpg

    सो अवसरमा प्रशंसापत्र र नगद रकम कृषि मन्त्री भण्डारीलाल अहिर र योजना आयोग पूर्व सदस्य डा.दामोदर भुसालले प्रदान गरेका थिए । संस्थाले अक्षयकोष स्थापना गरी हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने जनाएको छ । केसी रातोपाटी अनलाइन लुम्बिनी प्रदेश संयोजक र दैनिकपत्र दैनिकको उपसम्पादकको रूपमा कार्यरत छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij