images

आइतवार, बैशाख २३ गते २०८१

सियारीले तयार पार्‍याे रोजगार रणनीति, रोजगारी प्रवर्द्धन र रोजगारीका क्षेत्र पहिचान गर्न सहज 

सियारीले तयार पार्‍याे रोजगार रणनीति, रोजगारी प्रवर्द्धन र रोजगारीका क्षेत्र पहिचान गर्न सहज 

images
images
images
मंगलवार, आषाढ १२ २०८०
मंगलवार, आषाढ १२ २०८०
  • सियारीले तयार पार्‍याे रोजगार रणनीति, रोजगारी प्रवर्द्धन र रोजगारीका क्षेत्र पहिचान गर्न सहज 

    भैरहवा, १२ असार । 
    रुपन्देहीको सियारी गाउँपालिकाले रोजगार रणनीति तयार गरेको छ । आर्थिक वर्ष २०८०/०८१ देखि २०८४/०८५ सम्ममा श्रम तथा रोजगारीका क्षेत्रमा गरिने कामलाई आधार बनाएर रोजगार रणनीति बनाएको हो । 
    नेपाल सरकारको निर्देशनबमोजिम सियारीले रोजगार रणनीति बनाएको हो । सियारी, रोजगार रणनीति बनाउने लुम्बिनी प्रदेश सरकारको पहिलो पालिका हो । 

    images
    images
    images

    पालिकाले अन्तिम मस्यौदा प्रतिवेदनसम्बन्धी छलफल गर्दै रोजगार रणनीतिलाई पूर्णता दिएर कार्यान्वयनका लागि अगाडि बढाइएको रोजगार संयोजक श्रृजना भुसालले जानकारी दिइन् । उनले आन्तरिक रुपमा रोजगारी प्रवद्र्धनन गर्न, रोजगारीका क्षेत्र पहिचान गर्न तथा एकीकृत सेवा केन्द्र निर्माण गर्न रोजगार रणनीतिले महत्वपूर्ण सहयोग गर्ने उल्लेख गरिन् । 

    सियारीले सीपमुलक दक्ष श्रमशक्तिको विकास दिगो र समावेशी रोजगारीको आधार भन्ने सोचका साथ तयार गरिएको रणनीतिमा सबैखाले श्रम विभेदको अन्त्य गर्दै सिपयुक्त व्यवसायिक जनशक्तिको विकासमार्फत रोजगारी र स्वरोजगारी प्रबद्धन गर्ने लक्ष्य लिएको छ । 

    सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्धेश्यअनुरुप रोजगार रणनीति बनाइएको बताए । अध्यक्ष घिमिरेले अनौपचारिक रोजगारीका क्षेत्रलाई औपचारिकतामा रुपान्तरण गर्ने, गाउँपालिकाभित्रका रोजगारदाताहरुसँग समन्वय गरी रोजगारदाताबाट माग भएबमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचीत गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्नका लागि राणनीति फलदायी बन्ने उल्लेख गरे । 

    सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारीमा रहेका अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारकर्मीको रुपमा स्थापित गर्नका लागि रणनीतिले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले आगामी दिनमा सियारीमा रहेका बेरोजगार युवालाई रोजगारीमा समावेश गराई सियारीलाई बेरोजगारमुक्त पालिका बनाउन लागिपरेको बताइन् । 

    IMG_3655.JPG

    सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सियारीभित्र अहिले ३ हजारको हाराहारीमा औपचारिक रुपमा रोजगाारीमा रहेका र ६ हजारको हाराहारीमा अनौपचारिक रोजगारीमा रहेको बताए । उनले अनौपचारिक रोजगारीमा रहेका युवाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई पनि औपचारिक रोजगारीमा समावेश गरी राज्यले तोकेको सेवा सुविधाभित्र राख्न पहल गरिएको बताए । 

    सियारीले रोजगारीको हकलाई कार्यान्वयन गर्दै आन्तरिक रोजगारीको प्रवद्र्धन पनि गर्दै जाने गरी रणनीतिलाई कार्यान्वयन गर्न लागिएको जनाएको छ । सियारीमा रहेको रोजगार सेवा केन्द्रले सूचीकृत बेरोजगार युवालाई रोजगारीमा लगाउने, रोजगारीका क्षेत्रको पहिचान गर्ने, अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारीमा रुपान्तरण गर्ने लगायतका काम गरेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij