२०८२, कार्तिक ३० गते

Nov 16 2025 | २०८२, कार्तिक ३० गते

भैरहवामा ‘दोस्रो लुम्बिनी गौरब यात्रा’ सम्पन्न

बिहिवार , आषाढ १४, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १४ असार ।
    एक्लोलाई सहारा दिने वृक्ष समुहको आयोजना तथा निल हिरा समाजको सहयोगमा बिहीबार भैरहवामा ‘दोस्रो लुम्बिनी गौरब यात्रा’ सम्पन्न भएको छ । 

    लुम्बिनीगेटबाट सुरु भएको यात्रा बुद्धचोक, बर्मेलीटोल, देवकोटाचोक हुँदै बजार परिक्रममा गरी बुद्धचोकमा आएर समापन भएको छ । 

    कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक मनिला न्यौपाने, मानव अधिकारकर्मी विनोद विसीलगायतले गौरब यात्राको महत्वका बारेमा बोलेका थिए ।

    IMG_0471.JPG

    यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको हकहित र असमानता हटाउँदै पहिचानको लागि खुलेर आउनका लागि कार्यक्रम गरिएको परियोजना संयोजक न्यौपानेले बताइन् । जुन महिना विश्वभरी गौरवको महिनाको रुपमा मनाइने गरिएको उनले बताइन् । 

    IMG_0492.JPG

    यसैबीच सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको भन्दै कार्यक्रममा खुशीयाली साटासाट गरिएको थियो । समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।