
बिहिवार , माघ १, २०७७
भैरहवा, १ माघ ।
एनभी ईभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट बुटवलले सियोना श्रेष्ठको उपचारार्थ एकलाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
यही पुस ५ गते भैरहवास्थित किंग प्यालेसमा म्युजिकल शो को आयोजना गरी जम्मा गरिएको उक्त रकम बराबरको चेक बिहीवार शियोनाका हजुरबुवा पूर्ण गुरुङलाई हस्तान्तरण गरिएको एएनभी ईभेन्टस्का कार्यकारी प्रमुख अजय कार्कीले जानकारी दिए ।
एकलाखको चेक ईभेन्ट्सका प्रमुख अजय कार्की, म्यानेजर विशाल आत्रेय, कार्यक्रम संयोजक अविशेक गौतमले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
म्युजिकमा राम्रो दख्खल भएका युवाहरुले करीब एक वर्ष अगाडि बुटवलमा एएनभि ईभेन्ट्सको स्थापना गरी म्युजिकमा प्रशिक्षण दिंदै आइरहेको छ ।
म्युजिकबाटै सामाजिक काममा समेत सेवा गर्ने उद्देश्य राखेर स्थापना गरिएको ईभेन्ट्सले अति दुर्लभ रोग स्पाईनल मस्कुलर एट्रोपीबाट पीडित १६ महिने बालिका सियोनाको उपचारमा सहयोग गरेको हो । रकम सानो भए पनि आफुहरुलाई भित्रैबाट सहयोग गर्ने चाहना भएकोले सो रकम प्रदान गरिएको ईभेन्ट्सका प्रमुख अजय कार्कीले जानकारी दिए ।
सो अवसरमा चेक ग्रहण गर्दै सियोनाका हजुरबुवा पुर्ण गुरुङ्गले सियोनाको उपचारको लागि आवश्यक २५ करोड रुपैयाँमध्ये करीब १७ करोड रुपैंया संकलन भइसकेको जानकारी दिए ।
अमेरिकामा मात्र उपचार सम्भव भएको उतm रोगको उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोग पाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए । ईभेन्ट्सले हस्तान्तरण गरेको एकलाख रुपैंया पनि उपचारमा निकै महत्व राख्ने भन्दै रकम पुर्याउनका लागि अझै सहयोगी हातको आवश्यकता रहेको गुरुङले बताए ।
अबको आठ महिनाभित्रै रकम जम्मा गरी शल्यक्रिया गर्नुपर्ने भएकोले परिवार निकै तनावमा रहेको उनको भनाई छ । सियोनाको शल्यक्रिया अगावैको उपचारको लागि अमेरिकी सरकारले समेत सहयोग गरिरहेको जानकारी दिदै नेपाल सरकारको तर्फबाट केही पहलको अपेक्षा रहेको परिवारले आशा व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij