images

सोमवार, बैशाख १७ गते २०८१

लुम्बिनीमा ‘स्कूल टु ओलम्पिक’ सुरु

लुम्बिनीमा ‘स्कूल टु ओलम्पिक’ सुरु

images
images
images
शुक्रवार, आषाढ १५ २०८०
शुक्रवार, आषाढ १५ २०८०
  • लुम्बिनीमा ‘स्कूल टु ओलम्पिक’ सुरु

    भैरहवा, १५ असार ।
    प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा रुपन्देहीमा पहिलोपटक ‘स्कुल टू ओलम्पिक’ कार्यक्रम गरिएको छ । प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) ले युवा र खेलकुद देशलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनसक्ने भएकाले अभियानलाई दिनुपर्ने बताए । 

    images

    पूर्वमन्त्री तथा ओलम्पियन सुरेन्द्र हमाल, बैकुण्ठ मानन्धर, राजेन्द्र भण्डारी, पार्वती थापा, सरस्वती चौधरी, सोनिया भट्टसंग विद्यार्थीहरुले अन्तरक्रिया गरे ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले नेपालको राष्ट्रिय खेलको हिसाबबाट हेर्दा सरकारबाट आवश्यक सोच बनाउन नसकेको बताए ।

    कार्यक्रममा परिषदका कोषाध्यक्ष कोशिष बहादुर खड्काले विकास, अनुशासन, गतिशीलताको नारालाई खेलाडीहरु आत्मसात गर्दै सफलता मिल्ने बताए । छिमेकी देश भारतमा खेलो इण्डिया अभियान चलाएर ओलम्पिकमा पदक जित्ने गरी अघि बढाएको छ । 

    कार्यक्रममा ओलम्पिक एशोसियन अफ नेपालका महासचिव तथा ओलम्पियन राजेन्द्र भण्डारीले ओलम्पिक एशोसियन दिपक बिष्टको नेतृत्वमा गठन गरी विद्यालयस्तरमा खेल आकर्षण बढाउने गरी कार्यक्रम चलाउने अभियान थालेको बताए । केवल सरकारतर्फ मात्र दोष लगाउने प्रवृत्तिलाई अन्त्य गरी एउटा सफल ओलम्पियन बन्न मूलमन्त्र खोजी गर्ने गरी कार्यक्रम गरिएको बताए । विद्यालयस्तरमा आधारभूत खेलको ज्ञान दिनसके खेलाडी सफल बन्दै अन्तर्राष्ट्रिय स्तरमा लाग्न प्रेरणा मिल्ने उनले दाबी गरे । 

    ddd.jpg

    कार्यक्रममा पक्लिहवा माविका व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङले विद्यालयस्तरमा खेलप्रतिको आकर्षण बुझ्न, जान्न र खेलप्रति जागरुक बनाउन कार्यक्रम महत्वपूर्ण भएको बताए । सरकारको ध्यान खेल र खेलाडीको जीविकोपार्जनमा जानुपर्ने उनले बताए । विद्यार्थीहरुलाई खेल बुझ्ने र सफल ओलम्पियन बन्ने सुत्र बुझाउने रुपमा कार्यक्रम भएको बताए ।

    कार्यक्रममा परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले ओलम्पियनहरुको अगुवाईमा अघि बढाइएको कार्यक्रमलाई लुम्बिनी प्रदेशबाट साथ दिएको बताए । कार्यक्रममा रुपन्देहीका २ दर्जन बढी सामूदायिक र निजी विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij