२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरले मनायो धान दिवस 

शुक्रवार , आषाढ १५, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, १५ असार । 
    अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर नगर कमिटीको आयोजनामा शुक्रबार भैरहवामा ३० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा स्थानीय किसानहरुले रोपाइँ गरेको अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरका अध्यक्ष कमल पोख्रेलले जानकारी दिए ।

    नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य राजेन्द्र प्रसाद पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्य लक्ष्मी कोइराला, रूपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थी, जिल्ला सदस्यहरु उत्तम कुमार श्रेष्ठ, दिल कुमारी कुवंर, हरिशचन्द्र विश्वकर्मा, डिजाइन थापा, जिल्ला सदस्य तथा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, एमाले सिद्धार्थनगर अध्यक्ष चक्र बहादुर थापा लगायतको उपस्थिति रहेको अखिल नेपाल किसान महासंघ प्रदेश सदस्य लक्ष्मी खनालले जानकारी दिइन ।