
शुक्रवार , माघ २, २०७७
भैरहवा, २ माघ ।
रुपन्देहीको रोहिणी गाउँपालिका–२ स्थित पोखरभिण्डी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शम्भु यादव विजयी भएका छन् । यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय सदस्य हुन । नेपाली कांग्रेस–राप्रपा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा)समर्थित उम्मेदवारहरुमध्ये १०६ मत प्राप्त गरी नेपाली कांग्रेस–राप्रपा गठबन्धनका यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेकपाका सुवासचन्द्र यादवले ९२ र जसपाका अमेरिका यादवले ८८ मत प्राप्त गरेका छन् । त्यस्तै व्यवस्थापन समितिको सदस्यमा पनि नेपाली कांग्रेस–राप्रपा गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । सदस्यमा किशोर भुज, वौस मोहम्मद, सुनिता कहार र फुला भुज निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष यादवले विद्यालयको विकासमा आफु लागिपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij