images

आइतवार, बैशाख १६ गते २०८१

रोटरी क्यापिटल बुटवलको अभियान : उपहारमा कुरिलो र खुर्सानीको विरुवा 

रोटरी क्यापिटल बुटवलको अभियान : उपहारमा कुरिलो र खुर्सानीको विरुवा 

images
images
images
शनिवार, आषाढ १६ २०८०
शनिवार, आषाढ १६ २०८०
  • रोटरी क्यापिटल बुटवलको अभियान : उपहारमा कुरिलो र खुर्सानीको विरुवा 

    बुटवल, १६ असार ।
    रोटरी क्लब अफ क्यापिटल बुटवलले विरुवा उपहार दिएर वर्ष २०२३/२४ को सुरुवात गरेको छ । वर्ष २०२३/२४ का अध्यक्ष विश्वदिपक नेपालले शनिवार आयोजित कार्यक्रममा क्लबका सदस्यहरुलाई कुरिलो र खुर्सानीका विरुवा उपहार दिएर आफ्नो एकवर्षको कार्यकालको सुरु गरेका हुन् ।

    images

    हरेक वर्षको जुलाई १ तारिखदेखि सुरु हुने रोटरी वर्ष २०२३/२४ को सुरुवात शनिबारदेखि भएको हो । सोहीअवसरमा क्यापिटल बुटवलका अध्यक्ष नेपालले आफ्ना क्लबका सदस्यहरुलाई प्रयाप्त पौष्टिक तत्व र औषधिय गुण भएको कुरिलो र खुर्सानीका विरुवा उपहार दिएर आफ्नो वर्षको सुरुवात गरेका हुन् ।

    नेपाल कृषि प्रधान देश भए पनि हरेक वर्ष अरबौंको तरकारी आयात भइरहेको भन्दै घरघरमा गमलामा तरकारीका विरुवा लगाएर थोरै भए पनि तरकारी र खुर्सानीको आयात रोक्नुपर्ने सन्देशसहित विरुवा उपहार दिएको उनले बताए । ‘हरेक परिवारले घरको कौशी र करेसावारीमा खुर्सानी र कुरिलो लगाउन सके मात्रै पनि करोडौं रकम विदेश जानबाट जोगाउन सकिन्छ, ‘कार्यक्रमहरुमा उपहारको नाममा अनुत्पादक र बाहिरबाटै आयातित वस्तु दिनुभन्दा उत्पादन दिने कुनै पनि वस्तु दिनु राम्रो हुन्छ भन्ने सन्देश दिन खोजिएको हो,’ नेपालले भने ।

    नेपालले कौशी र करेसाबारीमा फूलसँगै कुरिलो र खुर्सानी रोपौं भन्ने सन्देशलाई वर्षैभरी अभियानको रुपमा संचालन गरिने बताए । अध्यक्ष नेपालले यो अभियानलाई क्लबभित्र मात्र सीमित नराखी यसक्षेत्रका सबै रोटरीयनहरुका बीचमा पुर्याइने बताए । 

    क्लबका वर्ष २०२३/२४ का एसिष्टेन्ट गभर्नर जमुना पौडेलले रोटरी क्लब अफ क्यापिटल बुटवलले उपहारस्वरुप दिएको कुरिलो र खुर्सानीका विरुवाको मूल्य सानो भए पनि यो अभियानले दिने सन्देश ठूलो भएकोले यसलाई वर्षैभरी संचालन गर्न आग्रह गरिन् ।

    क्लबका संस्थापक अध्यक्ष दिनेश पाण्डेले रोटरीले ठूलाठूला परियोजना संचालन गरेर मात्रै मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्न र परिवर्तन गर्न नसकिने भन्दै सानो सानो अभियान चलाउँदा पनि व्यक्ति, परिवार र समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij