images

सोमवार, बैशाख १७ गते २०८१

लुम्बिनी प्रदेश बक्सिङ संघको अध्यक्षमा राजु गुरुङ

लुम्बिनी प्रदेश बक्सिङ संघको अध्यक्षमा राजु गुरुङ

images
images
images
शनिवार, आषाढ १६ २०८०
शनिवार, आषाढ १६ २०८०
  • लुम्बिनी प्रदेश बक्सिङ संघको अध्यक्षमा राजु गुरुङ

    बुटवल, १६ असार ।
    शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशननबाट पूर्व बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । जसको वरिष्ठ उपाध्यक्षमा टेक बहादुर पुन, उपाध्यक्षमा जय बहादुर घर्ती, उपाध्यक्षमा अब्दुल रहमान, सचिवमा कुमार खाण ठकुरी र कोषाध्यक्ष भेष बहादुर थापा निर्वाचित भएका छन् ।

    images

    त्यस्तै सदस्य (महिला) मा कृष्णा सुनार, सदस्यमा समीर सिद्घिकी, सिरमन घर्ती, विरेन्द्र सि ठठेट, निम प्रसाद राहदी, मनिराम चक्रवर्ती र सरोज पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । 

    त्यसै गरी शनिबार नै बसेको बैठकले संघको सह–सचिव पदमा हरि बहादुर सुनार, सदस्य पदमा करण रोकामगर, खिम बहादुर राना तथा संघको प्रेस सल्लाहकारमा स्वस्तिक श्रेष्ठलाई मनोनित गरेको छ ।

    अधिवेशनको एक कार्यक्रमकाबीच प्रदेश खेलकुद विकास परिषद, लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै सरकारसँग समन्वय गरी संघहरु निरन्तर कार्यक्रमहरु गर्न सुझाव दिदै निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । 

    कार्यक्रममा नवनिर्वाचित संघका अध्यक्ष राजु गुरुङले रुपन्देही जिल्लामा बक्सिङ खेल प्रशिक्षकबिहीन रहेको दुःखेसो गर्दै यसरी खेल विकासमा बाधा उत्पन्न भएको दुःखेसो गरे ।

    कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य शोभाजंग केसीले बक्सिङ खेलमा विस्तार भएका नयाँ नयाँ विधाहरुका कारण युवाहरुमा आकर्षक बढेको बताए ।

    पूर्व खेलाडी तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुनले अन्तर्राष्ट्रिय क्षेत्रमा पदकको सम्भावना बोकेको खेल भएको भन्दै सरकारबाट आवश्यक लगानी जरुरी रहेको बताए । 

    कार्यक्रममा पूर्व बक्सिङ प्रशिक्षक तथा खेलाडी तुल बहादुर थापालाई बक्सिङ खेलमा गरेको योगदान स्वरुप दोसल्ला, नगदसहित सम्मान गरिएको छ । नवनिर्वाचित सचिव कुमार खाण, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले खेलकुद विकासमा सरकारको लगानी जरुरी रहेको बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij