२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

मानव बेचविखनविरुद्ध सचेतनामूलक अभिमुखीकरण

आइतवार , आषाढ १७, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १७ असार ।
    माइती नेपाल भैरहवाको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । 
    यातायात क्षेत्रमा काम गर्ने कर्मचारीहरु, रिक्साचालक तथा होटल व्यवसायीहरुलाई मानवबेचविखनविरुद्ध सचेतनामूलक अभिमुखीकरण गरिएको हो । मानव बेचविखनविरुद्धको अभियानमा लामो समयदेखि क्रियाशिल संस्था माइती नेपालले सोको विरुद्धमा सरोकारवालाहरुसँग सचेतनामूलक कार्यक्रम गरेको हो । 

    मानव बेचविखन कसरी हुन्छ, कानूनी व्यवस्था, सजाय लगायतका विषयमा माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् ।

    कार्यक्रममा होटल व्यवसायी लक्ष्मण न्यौपाने, टेक मगर, यातायात व्यवसायी कमल प्रसाद पौडेल, रिक्सा चालक गुड्डु खान लगायतले बोल्दै बेचबिखनको जोखिमबाट बच्न जोगाउन शंका लागे प्रहरी कार्यालय तथा माइती नेपालको कार्यालय सम्पर्क गर्नुपर्ने बताए ।