
सोमवार , आषाढ १८, २०८०
भैरहवा, १८ असार । तिलोत्तममा वडा नम्बर ५ मणिग्राममा रहेको पाठक मोटर ग्रुपले रक्तदान कार्यक्रम गरेको छ ।संस्थापक स्व.कमलराज पाठकको जन्मदिनको अवसरमा उनको सम्झनामा पाठक मोटर ग्रुपले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
पाठक मोटरका संचालक अभिषेक पाठकले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताए । कार्यक्रममा पाठक ग्रुपका कर्मचारीहरुले रक्तदान गरेका थिए ।
नेपाल रक्तदान स्वयंसेवी समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको उपस्थितिमा भएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको पाठक मोटरका संचालक पाठकले जानकारी दिए ।
सञ्चालक पाठकले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । पाठक ग्रुपले अन्य सामाजिक कार्य पनि गर्ने गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij