२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

निर्वाचन आयोगको प्रस्ताव : ‘नो भोट’ को व्यवस्था हुनुपर्छ

सोमवार , आषाढ १८, २०८०

  • 961
    Shares
  • 961
    Shares
  • काठमाडौं, १८ असार । 
    निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । सोमबार बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरी सरकारलाई पठाउने निर्णय गरेको हो ।

    आयोगले निर्वाचनसम्बन्धी कानुनमा ‘नो भोट’, विदेशमा रहेका नेपालीलाई मताधिकार, चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार, चुनावमा उम्मेदवार बन्ने सीमा निर्धारणलगायतका नयाँ व्यवस्था प्रस्ताव गरेको छ । यस्तै पालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवार बनाउनुपर्ने पुरानो व्यवस्थामा एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने व्यवस्था थप गरेको छ ।