
शुक्रवार , माघ २, २०७७
बुटवल, २ माघ ।
लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १ सय ४२ औ जन्मजयन्ती एरिया ४ ले विभिन्न कार्यक्रम गरी मनाएको छ । लायन्स इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया ४ अन्र्तगत रहेका १ सय ३० वटा क्लबले बुधबार बुटवलमा कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका पूर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठले आफ ुभन्दा कम भाग्यशाली व्यक्तिलाई सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै एरिया–४ का अध्यक्ष सन्दीप कुमार कसौधनले मेल्भिन जोन्सबाट सामाजिक सेवाको लागि विभिन्न कार्यहरु सिक्नुपर्ने बताएका थिए । उनले सामाजिक सेवा भावले स्थापना भएको क्लबले विभिन्न सकारात्मक कार्य गर्दै आएको जानकारी दिदै यसलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रम डिष्ट्रिक कोडिनेटरहरु नवराज न्यौपाने, सुनिता श्रेष्ठ, सुरेशरत्न बज्राचार्य, पुरुषोत्तम प्रधा¨ ,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल लगायत लायन्सका विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो भने एरिया चिफ संदिप कसौधनको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको संयोजन लायन्स क्लब अफ बुटवल तिलोत्तामा मायादेवीले गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij