
शुक्रवार , माघ २, २०७७
बुटवल, २ माघ ।
तिलोत्तमा क्रिकेट एकेडेमी नेपाल प्रा.लि.ले सुविधासम्पन्न व्यवसायिक एकेडेमी शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले ब्याटिङ र नेपालका अन्तराष्ट्रिय खेलाडी शक्ति गौचनले बलिङ गर्दै एकेडेमीको उद्घाटन गरेका छन ।
तिलोत्तमा क्रिकेट एकेडेमीका अध्यक्ष दिपक शर्मा भुर्तेल र निर्माण क्षेत्रसंगै खेलमा आबद्ध रहेको कृष्ण भुुसालको संयुक्त लगानीमा एकेडेमी संचालनमा ल्याएका हुन । संचालक कृष्ण भुसाालले क्रिकेट खेलको नयाँ खेलाडी उत्पादन र ब्यवसायिकता ल्याउन लगानी गरेको बताए ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा रहेको ७ कठ्ठा क्षेत्रफलमा पूर्वाधार निर्माण गरिएको छ । दुई वटा सिमेन्ट र एउटा टर्फ गरी ३ वटा पिच तयार गरिएको छ । लिजमा रहेको जग्गामा करीब ३० लाख रुपैया खर्च गरेर पुर्वाधार निर्माण भएको उनले बताए ।
बिहान सांझ गरी सुरुवातमा पहिलो चरणमा ५० जनालाई तालिम दिइने प्रमुख प्रशिक्षक शंकर रानाले बताए । एकेडेमीमा प्रमुख प्रशिक्षक शंकर राना, सहायक प्रशिक्षक घनश्याम थारुले खेलाडीहरुलाई प्रशिक्षण दिनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij