२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

नेपाल भेटेरीनरी विद्यार्थी एशोसिएशन पक्लिहवा क्याम्पसको अध्यक्षमा प्रचण्ड पाण्डे

बिहिवार , आषाढ २१, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २१ असार ।
    नेपाल भेटेरीनरी विद्यार्थी एशोसिएशन (एनभीएसए) त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (पक्लिहवा क्याम्पस) रुपन्देहीको तेस्रो साधारणसभा मंगलबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाले प्रचण्ड पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    कार्यसमितिको उपाध्यक्षमा इस्मिता बडुवाल, सौरभ बास्तोला, सचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा हरी पौडेल, सह–सचिवमा समित सिंजाली मगर, सह–कोषाध्यक्षमा अभिचल जंग के.सी., आरई. कम कोडिनेटरमा विशाल खत्री र ब्लु क्रस काडिनेटरमा आशिष भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरुमा सोलुन यादव, दीपक पौडेल, मोनिका पाण्डे, रोमी शाह महेश कुमार डी.सी. र शिव प्रसाद काफ्ले रहेका छन् ।

    डा. धिरज कुमार यादवको अध्यक्षता, नेपाल भेटेरीनरी एशोसिएशन लुम्बिनी प्रदेशका अध्यक्ष डा. युवराज पन्तज्यूको प्रमुख आतिथ्यता, भेटेरीनरी एशोसिएशन लुम्बिनी प्रदेशका उपाध्यक्ष डा.सुमन कुमार सिंह तथा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. शम्भु शाहको प्रमुख आतिथ्यता तथा एनभीएसए, आएएएसका सदस्य सचिन बाबु भुर्तेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।