२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

दैनिकपत्र डटकमको सल्लाहकार सम्पादकमा दीपक ज्ञवाली

बिहिवार , आषाढ २१, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, २१ असार । 
    नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष, लेखक तथा साहित्यकार, अग्रज पत्रकार दीपक ज्ञवाली बुटवल मिडिया प्रकाशन प्रा.लि. द्वारा सञ्चालित अनलाइन दैनिकपत्र डटकमको सल्लाहकार सम्पादक पदमा चयन भएका छन् । 

    रुपन्देहीबाट प्रकाशित विभिन्न पत्रिकाहरुमा सम्वाददाता, सह–सम्पादक, कार्यकारी सम्पादक र सम्पादकको महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका पत्रकार ज्ञवालीले बुटवलबाट प्रकाशित फरक राष्ट्रिय साप्ताहिकको प्रकाशक तथा सम्पादकको भूमिका समेत निर्वाह गरिसकेका छन् । 

    राजधानी काठमाडौंबाट प्रकाशित हिमाल म्यागेजिनको विशेष सम्वाददाता भई खोजमूलक रिपोर्टिङ्ग गरी ख्यातीप्राप्त ज्ञवाली अहिले गोरखापत्र संस्थानमा विज्ञ सल्लाहकारका रुपमा छन् । 

    बुटवल साहित्य कला प्रतिष्ठानको अध्यक्ष भएर जिम्मेवारी बहन गरिसकेका ज्ञवालीको जन्म २०३२ साल माघ १२ गते गुल्मी जिल्लाको रुरु–२  बम्घा पाहागामा भएको हो ।  स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरेका ज्ञवालीले २०४९ सालदेखि पत्रकारिता यात्रा सुरु गरी निरन्तरत क्रियाशील छन् । 

    पत्रकारिता र अनुसन्धानात्मक रिपोर्टिङ्गमा उत्कृष्टता हासिल गरेको आधारमा ज्ञवालीले गोरखापत्र उत्कृष्ट पत्रकारिता पुरस्कार (काठमाडौं), उत्कृष्ट वातावरण राष्ट्रिय पत्रकारिता पुरस्कार (काठमाडौं), उत्कृष्ट पत्रकारिता पुरस्कार (रुपन्देही) लगायतका  दर्जनौं पुरस्कारहरुबाट  पुरस्कृत एवं सम्मानित भइसकेका छन् ।