२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

स्ववियु काउन्सीलको कोषाध्यक्षमा भैरहवा बहुमुखीका स्ववियु अध्यक्ष न्यौपाने निर्वाचित

सोमवार , आषाढ २५, २०८०

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २५ असार ।
    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काउन्सील, नेपालको १० औं राष्ट्रिय भेला आइतबार काठमाडौंमा सम्पन्न भएको छ । भेलाले भैरहवा बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष सागर न्यौपाने काउन्सीलको कोषाध्यक्षमा निर्वाचित भएका छन् । न्यौपाने ३६ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जनप्रशासन क्याम्पसका स्ववियु अध्यक्ष अग्र बहादुर शाहीले २२ मत प्राप्त भएका छन् । न्यौपाने अनेरास्ववियुबाट भैरहवा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।

    अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा नेकपा एमाले सिद्धार्थनगरका विद्यार्थी इञ्चार्ज सरोज ठकुरीले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भैरहवा बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष सागर न्यौपाने स्ववियु काउन्सील, नेपालको कोषाध्यक्षमा निर्वाचित हुनु खुसीको कुरा भएको बताए । भेलाले विराज अर्यालको अध्यक्षतामा ६५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।