२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशीलको अध्यक्षमा पुनम यादव

मंगलवार , आषाढ २६, २०८०

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा, २६ असार ।
    लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशील वर्ष २०२३/०२४ को अध्यक्षमा पुनम यादव चयन भएकी छन् । सोमबार भएको क्लबको पद हस्तान्तरण तथा अवार्ड कार्यक्रममा वर्ष २०२२/०२३ की अध्यक्ष शिवु रसाइलीले वर्ष २०२३/०२४ की अध्यक्ष यादवलाई पद हस्तान्तरण गरेकी हुन् । क्लबको वर्ष २०२३/०२४ को सचिवमा सुधा तुलाधर र कोषाध्यक्षमा इन्दु सिंह चौधरी रहेका छन् ।

    क्लबकी वर्ष २०२२/०२३ की अध्यक्ष शिवु रसाइलीको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक डिष्ट्रिक गभर्नर पीएमजेएफ नवराज न्यौपानेको प्रमुख आतिथ्यता, एरिया चिफ एमजेएफ संगम न्यौपाने, प्रशान्तमणि रामदामको विशिष्ट आतिथ्यता, सुधा तुलाधरको स्वागत तथा बबिता पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।