२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

सेवाग्राहीसँग घुस लिदैँ गर्दा प्रधानाध्यापकसहित दुई पक्राउ

मंगलवार , आषाढ २६, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २६ असार । शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका  छन् । 

    अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

    कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरु अख्तियारको टोलीकाे नियन्त्रणमा परेका हुन् ।

    अख्तियारका अनुसार उनीहरु माथी थप अनुसन्धान भईरहेको छ ।