२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

क्यान्सर स्क्रिनिङ सेन्टरका लागि योगदान पुर्‍याउन आग्रह

शनिवार , माघ ३, २०७७

बुटवल, ३ माघ । 
रोटरी क्लब अफ बुटवलको १३४७ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा बिजनेश एजेण्डामा छलफल भएको थियो ।

शनिबारको बैठकमा रोटरीको अघिल्लो बोर्ड बैठकले गरेका निर्णयहरुबारे सचिव रोम शर्माले जानकारी गराएका थिए । बैठकमा क्लबका अध्यक्ष सुनिल श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माण गर्न लागिएको रोटरी क्यान्सर स्क्रिनिङ सेन्टरका लागि संघीय सरकार स्वास्थ्यमन्त्रालय अन्तर्गत स्वास्थ्य पूर्वाधार शीर्षकमा ५० लाख, लुम्बिनी प्रदेश सरकारले २० लाख र बुटवल उपमहानगरपालिकाबाट ५ लाख रुपियाँ छुट्टिएको जानकारी गराउँदै सम्पूर्ण रोटरीयनहरुले यसका लागि सक्दो सहयोग गर्नुपर्ने बताए । उनले आम्दा अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट, वनवाटिकामा बन्ने ई–लर्निङ एण्ड साइन्स थिएटर र ब्लड कलेक्शन मोबाइल भ्यानका लागि डिष्ट्रिक गभर्नरबाट सहयोगको आश्वासन पाएको जानकारी पनि गराए ।

अध्यक्ष श्रेष्ठले क्लवको कार्ययोजना अन्तर्गत पाल्पाको रामापुरमा रोटरी क्लव स्थापना गरिएको र ट्वीन क्लव र स्याटेलाइट क्लब स्थापनाका लागि योजना बनाइएको बताए ।

बैठकमा एजी हरि प्रसाद पौडेल, क्लवका पुर्व अध्यक्ष नारायण पन्थ, प्रोजेक्ट डाइरेक्टर मधुप्रकाश अर्याल, अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, प्रज्वल थान्जु, गोपाल बस्याल, लालहरि पाण्डेय, सावि वि.क. लगायतले लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्ने भनिएको क्यान्सर स्क्रिनिङ सेन्टरको लागि सरकारी सहयोग गुम्न नदिन क्लवका सदस्यहरुले पनि सक्दो योगदान गर्नुपर्नेमा जोड दिएका थिए ।