२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण फर्काउनु गलत : वैदेशिक रोजगार व्यवसायी संघ

शुक्रवार , आषाढ २९, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २९ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउनु गलत भएको जनाएको छ।

    संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन कार्यालयले विना कारण श्रमिकलाई बिमानस्थलबाटै फर्काउने गरेको भन्दै आपत्ती जनाएको हो।

    अध्यागमनका कर्मचारीले विगत केहि दिनदेखि कानुन विपरितको गलत सूचना दिने, अनावश्यक दुःख दिई बैदेशीक रोजगारीबाट बञ्चित गराउने उद्देश्यबाट प्रेरित भइ हस्तक्षेपयुक्त कार्य गर्दै अएको संघको आरोफ छ।

    यस सम्बन्धमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुबेत जान लागेका ११७ जना कामदारलाई बिमानस्थलबाट अनावश्यक दोषारोपणसहित जान नदिइ फर्काइएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।

    उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिइ वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको र यसको जानकारी हुदा हुँदै पनि कामदारलाई रोक्ने काम गरिएको उनले बताए।