२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

विप्लव नेकपाद्वारा पश्चिम नवलपरासीमा विरोधसभा

शनिवार , माघ ३, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • परासी, ३ माघ । 
    आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले शनिबार पश्चिम नवलपरासीमा विरोधसभा सम्पन्न गरेको छ । पार्टीका सचिवालय सदस्य एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोलाको बिनाशर्त तत्काल रिहाईको माग गर्दै पार्टीले बर्दघाट नगरपालिकाको जदाहामा विरोधसभा सम्पन्न गरेको हो ।

    कार्यक्रममा  मन्तव्य राख्दै नेकपा नेता गुरुदेवले आफ्नो पार्टीका नेता बास्तोला लगायत अन्य नेताको तत्काल रिहाई नगरे आन्दोलनको आंधीबेरी सिर्जना गर्ने चेतावनी दिए । पार्टी संगठन निर्माणको अभियानमा जुटेका आफ्ना नेतालाई झुट्ठा आरोप लगाई थुनामा राखेकोप्रति खेद प्रकट गर्दै उनले संघर्षबाट स्थापित नेकपासँग पैठेजोरी नखेल्न चेतावनी दिए ।

    सरकारले कोरोनाको बेला जनताको स्वास्थ्यका लागि काम गर्नुको साटो  सरकार जनताप्रति निरंकुश भनेको र  पार्टीभित्रको झगडाले संसद विघटन गरी निर्वाचन गर्छु भन्दै कोरोनाविरुद्ध लगाउने खोपका लागि चन्दा उठाउनु सरकारले नौटंकी गरेको आरोप लगाए । 

    नेता कार्यकर्ता तत्काल रिहाइको माग गर्दै नेकपाले विभिन्न चरणका सर्घषका कार्यक्रम अन्तर्गत आज विरोधसभा गरेको थियो । त्यस्तै माघ ५ गते  देशव्यापी विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मशाल जुलुससहित १० गते नेपाल बन्द गर्नेको आयोजना गरिएको पार्टीले जनाएको छ ।